असार २६, २०८३ शुक्रबार

काठमाडौँ, २६ असारः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जलनबाट घाइते मुगुका युवा गणेश नेपालीको निधन भएको घटनाबारे छानबिन गर्न माग गर्नुभएको छ ।
     
    दिवङ्गत नेपालीलाई श्रद्धाञ्जली दिन आज चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल) पुग्नुभएका नेता आङ्देम्बेले काम गरेर खाने एक युवालाई उचित वातावरणको अभाव हुँदा यस्तो घटना हुन पुगेको जिकिर गर्नुभयो । उहाँले यसबारे सरकार गम्भीर भइ 
विगतदेखि नै भएका यस्ता घटनाको छानबिन गर्नुपर्नेमा जोड दिनुभयो ।