कात्तिक १४, २०७८ आइतबार

काठमाडौँ — आइतबार ५५.५० अङ्कमा रहेको सेयर बजारको परिसूचक नेप्से ५५ अङ्कले बढेर २८३७ अङ्कमा पुगेको छ । यस दिन कारोबार रकम पनि बढेको छ । ७ अर्ब ८२ करोड रुपैयाँको सेयर किनबेच भयो ।


यस दिन ९ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । युनाइटेड इन्स्योरेन्स, लुम्बिनी विकास बैंक, सामुदायिक लघुवित्त, पाँचथर पावर, हिमालय उर्जा, चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशतले बढ्यो । साहस उर्जा, रैराङ हाइड्रो र कामना सेवा विकास बैंकको मूल्य ९.९ प्रतिशतले बढ्यो । हालै सूचीकृत साहज उर्जाको मूल्य प्रतिकित्ता ४४५ रुपैयाँ ८० पैसा पुगेको छ ।

यस दिन समग्रमा १६२ कम्पनीको मूल्य बढ्यो भने २३ कम्पनीको मूल्य घट्यो । २ कम्पनीको मूल्य स्थिर रह्यो ।