असार २६, २०८३ शुक्रबार

काबुल, २६ असार : अफगानिस्तानले शनिबार देखि पूर्वी कुनार प्रान्तका सबै जिल्लाहरू तथा नुरिस्तान प्रान्तका पाँच वटा जिल्लामा संयुक्त पोलियो खोप अभियान सुरु गर्ने तयारी गरेको टोलो न्यूजले शुक्रबार रिपोर्ट गरेको छ ।

खोप अभियानले प्राप्त बाबालिकाको  रोग प्रतिरक्षा प्रणली बलियो बनाउने उदेश्य सहित पोलियो भाइरसको फैलावट रोक्न इन्जेक्टेबल पोलियो खोप (आईपीभी) र ओरल पोलियो खोप (ओपिभी) दुवै दिने टोलो न्युजले जनाएको छ ।

स्वास्थ्य अधिकारीहरूले बच्चाहरूलाई कमजोर पार्ने रोगबाट जोगाउन खोप सबै–भन्दा प्रभावकारी तरिका रहेको कुरामा जोड दिँदै  उमेर पुगेका सबै बालबालिकालाई दुवै खोपहरू लगाइ दिएर उनीहरुको स्वास्थ्य संरक्षढण गरिदिन अभिभावकहरूलाई आह्वान गरेका छन् ।

अफगानिस्तान हाल सम्म पनि जङ्गली पोलियो भाइरस सङ्त्रमण फैलिरहेको जनाइएको छ भने अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोगमा देशका स्वास्थ्य अधिकारीहरूले रोग उन्मूलन गर्ने प्रयास स्वरुप नियमित खोप अभियानहरू जारी राखेका छन् ।