पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेज गर्न माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आइतबार टेकुस्थित नेपाल आयल निगमको कार्यालयअगाडि विरोध प्रदर्शन गरेको छ।
प्रदर्शनका क्रममा वैद्य निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकार र नेपाल आयल निगमले जनताको पसिना लुट्नलाई गरेको भन्दै तत्काल निर्णय फिर्ता नलिए आयल निगमका अधिकारीहरूलाई कालोमोसो दल्न पछि नपर्ने चेतावनी दिए।
नेपाल आयल निगमले शुक्रबार राति प्रतिलिटर ३ रुपैयाँका दरले पेट्रोलको मूल्यवृद्धि गरेको थियो ।