इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा एसी मिलानले रोमालाई २–१ ले पराजित गरेको छ ।
अवे मैदानमा भएको खेलमा एसी मिलानलाई जिताउन जाल्टन इब्राहिमोविचले २५ औँ तथा केसिएले ५७ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका हुन् ।
इब्राहिमोविचले लिग प्रतिस्पर्धामा ४०० गोल गरेका हुन् । ४० वर्षका इब्राहिमोविचले सबै लिगमा गरेर ४०० गोल गरेका हुन् ।
६६ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर हर्नान्डेज मैदान बाहिर गएपछि एसी मिलान १० खेलाडीमा सीमित भएको थियो ।
रोमाका लागि इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा एल शारवीले गोल गरेका हुन् ।
आइतबार राति भएका अरु खेलमा इन्टर मिलानले युडिनेशलाई २–०, फियोरेन्टिनाले स्पेजियालाई ३–०, एम्पोलीले सासुओलोलार्य २–१ यस्तै नापोलीले सालेर्नितानालाई १–० ले पराजित गरेको छ ।