सर्वोच्च अदालतमा आज बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइका लागिमात्र इजलास तोकिएपछि ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईविरुद्धको मुद्दा आज (कार्तिक १५) पेसीमा चढेन ।
दसैँअघि नै सुनुवाइ सम्पन्न भइसकेको उक्त मुद्दाका लागि आज निर्णय सुनाउने दिन तोकिएको थियो । तर सर्वोच्च अदालतका न्यायाधीशहरूले बेन्च बहिष्कार गरिरहेको सन्दर्भमा सोमबारका लागि बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेसीमा राखिएको हो ।
सोमबार ६ वटा इजलास बन्दी प्रत्यक्षीकरणका रिट निवेदनमाथि सुनुवाइका लागि तोकिएका छन् ।
प्रधानन्यायाधीशलाई राजीनामाका लागि दबाब दिँदै आएका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दाका लागि भने इजलासमा बस्न सकिने सङ्केत गरेपछि सोही अनुसार पेसी तोकिएको हो ।