एजेन्सी । फिलिपिन्समा गोली हानेर फिलिपिन्स समाचार पोर्टलका रिपोर्टर ओर्लान्डो डिनोयको हत्या गरिएकाे साउथ चाइना मर्निङ्ग पोस्टले जनाएको छ ।
ओर्लान्डो डिनोय, अनलाइन संगठन न्यूजलाइन फिलिपिन्सका रिपोर्टर र एनर्जी एफएमका एंकरलाई मिन्डानाओ टापुको बान्सलान शहरमा रहेको उनको फ्ल्याटमा छिरेर बन्दुकधारीहरूले ६ पटक गोली हानेको स्थानीय प्रहरी प्रमुख मेजर पिटर ग्लेन इपोङले बताएका छन् । उनका अनुसार अधिकारीहरूले अहिले पनि सम्भावित कारणहरूको अनुसन्धान गरिरहेका छन् । उनले भनेका छन्, ‘अनुसन्धान र खोजीमै छौँ । अहिलेसम्म कुनै ठोस स्रोत फेला परेन ।’
डिनोयको हत्या रोड्रिगो डुटेर्टे राष्ट्रपति बनेयताको २१औं पत्रकारको हत्या हो । उनी सन् २०१६ त्यहाँका राष्ट्रपति बनेका थिए । द्वीपसमूह राष्ट्र पत्रकारहरूका लागि संसारको सबैभन्दा खतरनाक ठाउँहरूमध्ये एक हो, जहाँ उनीहरूका अधिकांश हत्याराहरू दण्डित छैनन् ।