कात्तिक १५, २०७८ सोमबार

आइतबार साँझ कुन्जेरा र आदवाल गाउँको बीचमा पर्ने जङ्गलमा माओवादीका महिला कार्यकर्ता र भारतीय सुरक्षाकर्मीबीच भएको दोहोरो मुडभेटमा तीन महिला कार्यकर्ता मारिएका छन्। १५ लाख भारु नगद बोकिरहेका तीन माओवादी महिला र भारतीय सुरक्षाकर्मीबीच छत्तिसगढस्थित दान्तेवाडामा दोहोरो भीडन्त भएको प्रहरीले बताएको छ।

राजे मुचाकी, गिता मार्कम र ज्योती नुप्पोका रूपमा मृतकको पहिचान खुलेको र मृतकहरू कटल्यान क्षेत्रिय समितिका माओवादी कार्यकर्ता रहेको प्रहरीले उल्लेख गरेको छ। घटनापश्चात् माओवादी कार्यकर्ताहरूको खोजी कार्य जारी राखिएको हिन्दुस्तान टाइम्समा खबर छ।