संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धीको कार्यक्रममा डाइनोसरले भाषण गरेको भिडियो सार्वजनिक भएको छ । राष्ट्रसंघले जलवायु परिवर्तनका बारेमा विश्व समुदायलाई सचेतना फैलाउन यस्तो भिडियो तयार पारेको हो । भीमकाय डाइनोसर दायाँबायाँ हेर्दै मञ्चमा पुग्छ र त्यहाँ उपस्थित एकजनालाई ठीक छ ? भनेर सोध्छ । त्यसपछि माइक समातेर बोल्न थाल्छ ।
राष्ट्रसंघले यस भिडियालाई विभिन्न भाषामा डब गरेको छ । नेपाली भाषाका लागि अभिनेता नीर शाहले डाइनोसरको आवाज बोलेका छन् ।
हेर्नुहोस् भिडियो -