असार ३०, २०८३ मंगलबार

काठमाडौँ, ३० असार : उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज दिउँसो ३ः३० बजे कतार प्रस्थान गर्दै हुनुहुन्छ । 
    
उहाँ कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक समवेदना व्यक्त गर्न कतारको तीन दिने औपचारिक भ्रमणमा जान लाग्नुभएको हो । 

    भ्रमणका क्रममा उहाँले मङ्गलबार कतार राज्यका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पठाइएको शोक सन्देश हस्तान्तरण गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    उपराष्ट्रपति यादवसँग नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू पनि सहभागी हुनुहुन्छ । उहाँ यही असार ३२ गते स्वदेश फर्कनुहुन तालिका छ ।
---