काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरूले वार्ताका लागि गठन गरेको समितिमा वैशाखसम्म काम गर्न दिन प्रस्ताव राखेका छन् । सोमबार प्रधानन्यायाधीश जबराले वैशाखसम्म राजीनामाका लागि समय दिन न्यायाधीशहरूसँग प्रस्ताव गरेका हुन् ।
उनले सो समयसम्म प्रशासनिक काम गर्न दिन आग्रह गरेका छन् ।
प्रधानन्यायाधीश जबरा विवादमा तानिएपछि इजलास नियमित बस्न सकेको छैन। असन्तुष्ट न्यायाधीशहरूले बहिष्कार गरिदिँदा इजलास प्रभावित हुँदै आएको छ।