असार ३१, २०८३ बुधबार

सिड्नी, ३० असार : सिड्नी, ३० असार (रासस÷एएफपी) ः अष्ट्रेलियाले “आर्टिफिसियल इन्टेलिजेन्स”  (ए आई) प्रयोग गर्न मार्ग दर्शन तय गर्न र रचनात्मक प्रतिलिपि अधिकारको रक्षा गर्न आवाश्यक  कानून बनाउने तयारीमा रहेको प्रधानमन्त्री एन्थोनी अल्बनिजले घोषण गर्नु भएको छ ।

सरकारको नीति तथा कार्यक्रम निर्धारण सम्बन्धि भाषणमा, अल्बेनिजले एआईमाथि जनताको चिन्ता कम गरी यसलाई राष्ट्रिय हित तर्फ अघि बढाउने तरिका अपनाउन सकिने बताउनुभएको छ । 

एआईमा विश्वास निर्माण गर्न र राष्ट्रिय सुरक्षाको रक्षा गर्न अर्को वर्ष पेस गरिने प्रस्तावित नयाँ कानुनबारे छलफल गर्न अस्ट्रेलियाका राज्य र क्षेत्रका नेताहरूबीच छलफल हुने जनाइएको छ । 

अस्ट्रेलियाले बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा  प्रतिवन्द लगाउन अन्य देशहरूको नेतृत्व गरेको उल्लेख गर्दै उहाँले तर अस्ट्रेलियाको  सन्दर्भमा एआईलाई आकार नियमन गर्ने चुनौती अझै ठूलो भएको जनाइएको छ । 

अमेरिकी स्टार्टअप एन्थ्रोपिकले एआई मोडेलहरूको प्रशिक्षणमा सहयोग गर्न प्रतिलिपि अधिकार कानुन परिवर्तन गर्न अष्ट्रेलियाका अधिकारीहरूसँग समन्वय गरेको कुरा यस हप्ता बाहिर आएपछि अल्बनिजको घोषणा आएको हो ।

 यसैबीच सङ्गीतकार, लेखक तथा प्रकाशकहरूले यस्तो दबाबको प्रतिरोध गर्न र आफ्नो कामको रक्षा गर्न सरकारलाई आग्रह गरेका छन् ।

कुनै पनि कम्पनीले कलाकारको नियन्त्रणबिना एआई निर्माण गर्न वा तालिम दिन अस्ट्रेलियाली पुस्तक, सङ्गीत, कला वा समाचार प्रयोग गर्नु नहुने बताउदै यस्ता कार्यहरु गौर कानूनी भएको उहाँले बताउनु भएको छ  ।

सरकारी तथ्याङ्क अनुसार मार्च सम्मका तीन महिनामा देशको आर्थिक वृद्धिमा डाटा सेन्टरमा भएको लगानी सबैभन्दा ठुलो योगदान भएको जनाइएको छ । 

अल्बनिजले सरकारले अष्ट्रेलियाको रोजगार बजारमा एआईको प्रभाव अहिलेसम्म नदेखेको बताउनुभएको छ । 

सरकारले आफ्नो विभागको नीति निरीक्षण गर्न समर्पित कार्यालयसहित एआइ प्रति आफ्नो प्रतिक्रिया अगाडी बढाउने उहाँले बताउनु भएको छ ।