काठमाडौँ, ३१ असारः काननु, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आगामी आर्थिक वर्षमा १६६ विधेयक पेस गरिने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उहाँले उक्त जानकारी दिनुभएको हो । उहाँले आगामी आर्थिक वर्ष कानुन सुधारको वर्ष हुने पनि बताउनुभयो ।
मन्त्री गौतमले कानुन निर्माणका विषयमा दुवै सदन र सम्बन्धित समितिका सभापतिसँग निरन्तर समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दै विधायन व्यवस्थासम्बन्धी विधेयक पनि जारी गरिने जानकारी दिनुभयोे ।