कात्तिक १७, २०७८ बुधबार

भारतको काशीबाट करिब १ सय ५० वर्षअघि चोरी भएर क्यानडा पुगेको माँ अन्नपूर्णाको प्रतिमा पुनः काशीमा स्थापित हुने भएको छ । युपीका मुख्यमन्त्री योगी आदित्यनाथले १५ नोभेम्बरमा उक्त मूर्तिको प्राण प्रतिष्ठा गर्ने बताइएको छ ।

अन्नपूर्णाको उक्त मूर्तिलाई ११ नोभेम्बरमा दिल्लीबाट सुसज्जित गरेर वनारस ल्याइने जानकारी दिइएको छ ।

बाटामा पर्ने विभिन्न जिल्लाहरूमा उक्त मूर्तिलाई स्वागत गराउँदै ल्याइने जनाइएको छ ।