फागुन ४, २०७७ मंगलबार

१४ औं संस्करणको आईपिएलका लागि आगामी बिहिबार मिनि अक्सन हुदै छ। 

यसै बिचमा आईपिएल टोली किंग्स ईलाभेन पन्जावले नाम परिवर्तन गरेको छ। टिमले आफ्नो नयाॅं नाम पन्जाव किंग्स राखेको छ। 

पछिल्लो सिजनमा पञ्जाबले आफ्नो कप्तान परिवर्तन गरेको थियो। आर अश्विनलाई किंग्स इलावेन पञ्जाबले ट्रेडिङको माध्यमबाट ट्रान्सफर गरेर दिल्ली क्यापिटल्स पठाएको थियो।

युएईमा सम्पन्न १३औं सिजनमा यस टिमको कप्तानी केएल राहुलले गरेका थिए।

टोलीले अक्सन अघि अलराउन्डर ग्लेन म्याक्सवेल, अफगानिस्तानका स्पिनर मुजीब उर रहमानलगायतका खेलाडीलाई रिलिज गरेको छ।