एजेन्सी ;भारत र न्युजिल्याण्ड बिच जुन १८ देखि २२ तारिखमा इंग्ल्याण्डमा हुने विश्व टेस्ट च्याम्पियनसिपको फाईनल लड्स मैदानबाट साउथह्याम्टनमा सारिएको छ। भने उक्त खेलका लागि प्रयोग हुने क्रिकेट पिच भने अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आईसिसि)ले नै तयार गर्ने भएको छ ।
यस अगाडी पिच तयार पार्ने काम आयोजक राष्ट्रले गर्दै आए पनि सबै राष्ट्रले आफु अनुकुलको पिच तयार पारेर खेल आफु अनुकुल बनाएर क्रिकेट कै बदनाम भए पश्चात यस निर्णय लिईएको हो। गत साता सम्पन्न इंग्ल्याण्ड विरुद्धको निर्णायक टेस्ट शृखंला भारतले ३-१ ले जितेको थियो र इंग्ल्याणड यात्रा तय गरेको थियो।