काठमाडौँ, २ साउनः काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५२१ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरुमा मादकपदार्थ सेवन गरेका ३०, यान्त्रिक कारबाहीमा १२, सङ्केत बत्ती उल्लङ्घनकर्ता २६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ६६ जनालाई कारबाही गरिएको छ ।
यसैगरी, अवस्था ठीक नभएको सात, निषेधित क्षेत्रमा हर्न बजाउने ३२, सडक फुटपाथ पार्किङमा १९, एकतर्फीमा छ र अन्य सवारी नियम पालना नगरेका ३२३ जना रहेको जनाइएको छ ।