कात्तिक १७, २०७८ बुधबार

 सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ ।

केही दिनदेखि लगातार बढेको सुनको भाउ आज भने घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदी पनि तोलामा २५ रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।