जिल्ला ट्राफिक कार्यालय तनहुँले ट्राफिक नियमविपरीत सवारी साधन चलाउनेलाई कारबाही गर्दा एकैदिन रु एक लाख ३५ हजार ५०० राजस्व सङ्कलन गरेको छ। प्रहरीले गत बिहीबार दुईपाङ्ग्रे र चारपाङ्ग्रे १८२ सवारी साधनलाई कारबाही गर्दा उक्त राजश्व सङ्कलन भएको हो।
चाडपर्वका समयमा मदिरा सेवन गरी सवारी साधान चलाउनेको सङ्ख्या बढ्ने भएकाले जाँच कार्यलाई निरन्तरता दिँदै आइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए।