कात्तिक २१, २०७८ आइतबार

आइसिसी टी–२० विश्वकप क्रिकेटको समूह चरणबाटै भारत बाहिरिएको छ ।

भारतलाई सेमिफाइनलमा स्थान बनाइराख्न न्यूजिल्याण्ड पराजित हुनुपर्ने समीकरण थियो । तर आइतबार भएको खेलमा न्यूजिल्याण्डले अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेपछि भारत बाहिरिएको हो ।

अब समूह चरणबाट भारत घर फर्किने निश्चित हुने भएको हो ।