साउन ६, २०८३ बुधबार

काठमाडौँ, ६ साउनः प्रहरी महानिरीक्षक दानबहादुर कार्की सङ्गठित अपराधसम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कनुभएको छ ।
 
    सङ्घीय अनुसन्धान ब्युरो (एफबिआइ) र रोयल थाई पुलिसको आयोजनामा थाइल्याण्डको बैंककमा यही साउन ४ र ५ गते सो सम्मेलन भएको थियो ।
 
    उक्त सम्मेलनमा अन्तरराष्ट्रिय सङ्गठित अपराध, साइबर ठगी तथा सीमापार अपराध नियन्त्रणका लागि विश्वव्यापी सहकार्य, सूचना आदानप्रदान तथा प्रभावकारी अन्तरराष्ट्रिय समन्वयको अपरिहार्यताका विषयमा बृहत् छलफल भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।