कात्तिक २७, २०७८ शनिबार

 फिफा विश्व कप–२०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले उरुग्वेलाई हराएको छ ।

अर्जेन्टिनाले घरेलु टोलीलाई १–० ले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा खेलको सातौँ मिनेटमा एन्जल डि मारियाले गरेको गोल नै निर्णायक बन्यो ।

यो जितपछि अर्जेन्टिनाको १२ खेलबाट २८ अङ्क भएको छ ।