काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्य उल्लेखनीय रूपमा बढेको छ। छापावाल सुनको मूल्य प्रतितोला ८ हजार रुपैयाँले बढेर २ लाख ९६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ९५ रुपैयाँले बढेर ४ हजार ५७० रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभाव, अमेरिकी डलरको उतारचढाव तथा स्थानीय माग–आपूर्तिका कारण नेपाली बजारमा सुनचाँदीको मूल्यमा दैनिक परिवर्तन देखिने गरेको व्यवसायीहरूले बताएका छन्।