भक्तपुर, १२ भदौः धुन्चेमा अलपत्र परी बसेकाहरुको खोजी तथा उद्धारगरी घर पठाउने काम सुरुआत गरिएको छ ।
गत बुधबार भोटेकोशीमा आएको बाढीले विभिन्न जिल्लाका व्यक्तिहरु धुन्चेमा अलपत्रमा परेका थिए । अन्यौलमा परेकाहरुको खोजी तथा उद्धार गरी बागमती प्रदेश सरकारले उनीहरुलाई आ–आफ्नो जिल्लातर्फ पठाउने कामको सुरुआत गरेको हो ।
“बुधबार ३ः०० बजेदेखि अलपत्रमा परेकाको खोजी गरी उनीहरुलाई तत जिल्लामा पठाउने कामको सुरुआत गरेका छौँ”, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले राससलाई जानकारी दिनुभयो ।