भदौ १२, २०८३ शुक्रबार

काठमाडौँ, १२ भदौः चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा बुधबार आएको भीषण पहिरोका कारण भएको विपत्तिप्रति समवेदना सन्देश पठाउनुभएको छ ।

    उहाँले आज आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त सन्देश पठाउनुभएको यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ ।