कात्तिक २८, २०७८ आइतबार

 अर्थमन्त्री जनार्दन शर्माले सडकले नछोएका दुर्गम क्षेत्रका जग्गालाई पनि धितोका रूपमा स्वीकार गर्न बैंकहरूलाई आग्रह गरेका छन्।

राष्ट्र बैंकका गभर्नर, वाणिज्य बैंकहरूका सिइओ तथा प्रतिनिधिसँग शुक्रबार मुलुकको वर्तमान आर्थिक अवस्थाबारे भएको छलफलमा उनले यस्तो आग्रह गरेका हुन्।

‘ऋण दिन बैंकलाई १० फिटे ठूलो मोटरबाटो चाहिन्छ,’ उनले भने, ‘तपाईँहरू ओखरफल्ने जग्गासमेत धितो लिन मान्नुहुन्न। कृषि ऋणमा तपाईंहरूले कृषिमा आधारित धितो लिन सक्नुपर्‍यो।’