फागुन २६, २०७७ बुधबार


एजेन्सी।
यूरोपियन च्याम्पियन्स लिगमा आज आज दुई खेल हुदैछ ।फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन(पिएसजि)ले स्पेनीस क्लब बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ  प्रिक्वाटरफाइनलको दोस्रो लेग अन्तर्गतको खेल पीएसजीको घरेलु मैदानमा नेपाली समयानुसार  राति पौने दुई बजेबाट सुरु हुने खेलमा पिएसजिका स्टार फरर्वाड नेयमार भने अस्वस्थताको कारण खेलमा रहने छैनन् ।

पहिलो लेगको खेल बार्सिलोनाको घरेलु मैदानमा भएकोमा पीएसजी ४  १ ले विजयी भएको थियो । जसमा केलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए  । 

यता बार्सिलोनालाई पनि केहि खेलाडीको चोटले सताएको छ । उसका डिफेन्डर जेरार्ड पिके र रोनाल्ड अराउजो आज खेल्नेछैनन् । यस्तै चोटकै कारण फिलिप कोउन्टिन्हो टिममा छैनन् ।

आजै हुने अर्को खेलमा इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब आरबि लेईपेजको सामना गर्ने छ । 
खेल नेपाली समयानुसार राती १  ४५ बाट सुरु हनेछ