भदौ १५, २०८३ सोमबार

जनकपुर, १५ भदौः मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्नुहुने भएको छ ।

    आज प्रदेश प्रमुख कार्यालयका प्रवक्ता सञ्जिपकुमार दुब्बेद्वारा जारी विज्ञप्तिमा भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीका कारण जनधनको ठूलो क्षति भएकाले प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापना कार्यमा सहयोगार्थ एक महिनाको पारिश्रमिक उद्धार कोषमा प्रदान गर्नुहुने जनाइएको छ ।