कात्तिक २९, २०७८ सोमबार

२९ कात्तिक : सोमालियामा खडेरीका कारण खाद्य सङ्कट परेको छ । त्यहाँ अहिले पनि नागरिकहरूले खाद्यान्न अभावको समस्या झेलिरहेको र दिनप्रतिदिन यो समस्या बढ्दै गएको देखिएको छ । सोमालियामा रहेको संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले खाद्य सङ्कटबारे जानकारी दिएको छ ।

मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) ले सोमालियामा आगामी सन् २०२२ को मे महिनासम्ममा त्यहाँको खाद्यान्न अभावको समस्या झन् बढ्ने जनाएको छ । समयमा पानी नपरेका कारण देशव्यापी रूपमा सुख्खा पन भएको र जसका कारण अहिले १७ लाखभन्दा बढी मानिस खाद्यान्नको अभावबाट प्रभावित भएका बताइएको छ ।

साथै सो संस्थाले सन् २०२२ को मे महिनासम्ममा कम्तीमा पनि ३५ लाख मानिसमा खाद्यान्न अभाव देखिने पाइएको जनाएको छ ।