काठमाडौं, २९ कात्तिक । सोमबार नेप्से २६ दशमलव ४४ अङ्कले बढेर २७ सय १५ दशमलव ३५ विन्दुमा कायम भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ४ दशमलव १० अङ्कले बढेर ५०६ दशमलव ५४ विन्दुमा थामिएको हो ।
आज २२८ कम्पनीको ५९ हजार ३१६ पटक शेयर कारोबार भएर ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४४४ रुपैयाँ बराबरको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
आज महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको आज ३५ करोड ४६ लाख बढीको कारोबार भएको हो ।