भदौ १७, २०८३ बुधबार

काठमाडौँ, १७  भदौः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । 
 
    सुनको मूल्य प्रतितोला रु आठ हजार ८०० र चाँदीको मूल्य  रु १८५ ले गिरावट आएको हो । 
    
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९७ हजार ३०० र  चाँदीको मूल्य रु चार हजार ५८० कायम भएको छ ।

    मङ्गलबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार १०० र चाँदीको मूल्य रु चार हजार ७६५ थियो ।