काठमाडौँ, १८ भदौः प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नक्रम बढ्दै गएको छ । भोटेकोशी बाढीपीडितलाई राहत, उद्धार र पुनःस्थापनाका लागि रकम दाखिला गरिएको हो । काठमाडौँस्थित ठमेलमा सञ्चालन भएको रमादा होटलले रु ११ लाख ११ हजार १११ सहयोग गरेको छ ।
उक्त होटेलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको होटेलका अध्यक्ष जगन्नाथ ज्ञवालीले जानकारी दिनुभयो ।
वालिङ (स्याङ्जा)ः स्याङ्जाको पुतलीबजार नगरपालिकाले रु २७ लाख ३९ हजार ८५८ सहयोग उपलब्ध गराएको छ ।
नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको मासिक तलबबाट रकम सङ्कलन गरिएको नगर प्रवक्ता मनोज पौडेलले जानकारी दिनुभयो ।
वीरगञ्जः मारवाडी ट्रष्ट र चाचन समूह, वीरगञ्जले ५२ लाख ११ हजार रुपैयाँ सङ्कलन गरी राहत कोषमा जम्मा गरिएको चाचान समूहका अध्यक्ष बाबुलाल चाचानले जानकारी दिनुभयो ।
बुटवलः गौतमबुद्ध सामुदायिक अस्पतालले रु ११ लाख ११ हजार १११ सहयोग उपलब्ध गराएको छ । बुटवलको उक्त अस्पतालले चिकित्सक तथा अन्य कर्मचारीका तर्फबाट रकम दाखिला गरिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिनुभयो ।
बाजुराः बूढीगङ्गा नगरपालिकाले २२ लाख ९२ हजार ३३२ रुपैयाँ सहयोग गरेको छ ।
उक्त रकम नगरपालिकाका जनप्रतिनिध, कर्मचारी, शिक्षकको मासिक तलवबाट सङ्कलन गरिएको नगर प्रमुख रामबहादुर बानियाँले जानकारी दिनुभयो ।
मकवानपुरः भीमफेदी नगरपालिकाले पाँच लाख रुपैयाँ राहत कोषमा जम्मा गरेको छ । उक्त रकम पालिकाका जनप्रतिनिधि तथा कर्मचारीको मासिक तलवबाट सङ्कलन गरिएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो ।
बनेपाः नेपाली कांग्रेस बनेपा नगरद्वारा दुई लाख २३ हजार ३६४ रुपैयाँ राहत कोषमा जम्मा गरिएको छ । उक्त रकम पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट सङ्कलन गरिएको नेपाली कांग्रेस बनेपा नगर समितिका सभापति महेशकुमार कर्माचार्यले बताउनुभयो ।
लमजुङः बेँसीसहर नगरपालिका, लमजुङले पाँच लाख रुपैयाँ राहत कोषमा दाखिला गरेको छ ।
उक्त रकम नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको मासिक तलवबाट सङ्कलन गरिएको नगरपालिकाका नगरप्रमख गुमानसिंह अर्यालले जानकारी दिनुभयो ।
काभ्रेपलाञ्चोकः जिल्लाका नौ पालिकाले भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि एक करोड ७७ लाख रुपैयाँ राहत कोषमा जम्मा गरेका छन् ।
भुम्लु गाउँपालिकाले रु ३० लाख, नमोबुद्ध नगरपालिकाले रु २७ लाख ५० हजार, बनेपा नगरले रु १५ लाख, पनौती नगरले रु ३० लाख, पाँचखाल, धुलिखेल, रोशी र चौँरीदेउराली पालिकाले रु १०÷१० लाख गरी जम्मा एक करोड ७७ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको हो ।
त्यसैगरी, काभ्रेजिल्ला धुलिखेल नगरपालिका–११, निवासी रवि धितालले अर्थमन्त्री डा स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री राहत कोषमा व्यक्तिगत एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ दाखिला गर्नुभएको स्थानीय समाचारदाता राजकुमार पराजुलीले जानकारी दिनुभएको छ ।
सिरहाः लहान नगरपालिकाले रु ११ लाख राहत सहयोग रकमा दाखिला गरेको छ ।
उक्त रकम पालिकाका जनप्रतिनिध, कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीको मासिक तलवबाट सङ्कलन गरिएको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिनुभयो ।