भदौ १८, २०८३ बिहिबार

काठमाडौँ, १८ भदौः प्रतिनिधिसभाको आजको बैठकमा रिङ्गटा लागि अस्वस्थ्य हुनुभएका सांसद भरतबहादुर खड्काको अवस्था सामान्य देखिएको छ ।
 
        चिकित्सकका अनुसार उच्च उक्तचापका कारण अस्वस्थ्य हुनुभएका सांसद खड्कालाई  तत्कालै वीर अस्पताल पुर्याइएको थियो । उहाँलाई २४ घण्टा चिकित्सकको निगरानीमा अस्पतालमा राखिएको आफन्तले जनाएका छन् ।