एजेन्सी : स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोना यूइएफए च्याम्पियन्स लिग बाट बाहिरिएको हो । टोलिका नियमित कप्तान लियोनल मेसी पेनाल्टीमा २०१५ पछि पहिलो पटक चुक्दा बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको हो ।
बार्सिलोनाले गए राती राति भएको दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)सॅंग १-१ गोलको बराबरी खेलेको थियो । तर, पहिलो लेगमा व्यहोरेको ४-१ गोलको हारको कारण बार्सिलोनाको यात्रा अन्तिम १६ मै टुंगिएको हो । गय राती पिएसजीको मैदानमा सम्पन्न लिगको प्रि क्वाटरफाईनल अन्तर्गतको खेलमा (पीएसजी) सँग समग्रमा ५-२ गोलले पराजित हुँदै बार्सिलोना बाहिरिएको छ भने पीएसजी भने च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
यससँगै बार्सिलोना सन् २००६/७ को सिजनपछि पहिलो पटक क्वाटरफाइनलमा पुग्न असफल भएको छ । घरेलु मैदानमा भएको दोस्रो लेगमा पीएसजीले केलियन एमबाप्पेको पेनाल्टी गोलबाट ३१ औं मिनेटमा अग्रता बनाएको थियो ।