फागुन २७, २०७७ बिहिबार

 काठमाण्डौ; जारी काठमाडौं मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् । आज समुह चरणका अन्तिम दुई खेल हुदै छन् । आजका खेलहरुबाट फाइनल पुग्ने दोस्रो टिमको पनि टुंगो लाग्ने छ । यसअघि काठमाडौं मेयरक ११ जीत दर्ता गरेको नेपाल पुलिस क्लब फाइनलमा पुगिसकेको छ । आज मूलपानी मैदानमा विभागीय टोली एपीएफ क्लब र काठमाडौं मेयर ११ बीच प्रतिस्पर्धा हुने छ । यस्तै टियु मैदानमा बागमती र त्रिभुवन आर्मी आमने सामने हुने छन् ।