काठमाडौँ, २५ भदौः सरकारले नेपाल संस्कृत विश्वविद्यालयको रेक्टर (शिक्षाध्यक्ष) र रजिस्ट्रार (कुलसचिव) नियुक्त गरेको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रेक्टरमा प्राडा जगन्नाथ रेग्मीलाई र रजिस्ट्रारमा आफूलाई नियुक्त गर्नुभएको प्राडा नवराज कट्टेलले राससलाई जानकारी दिनुभयो । आफूहरू नियुक्तिपत्र लिएर दाङ फर्कन लागेको उहाँले बताउनुभयो ।
उक्त विश्वविद्यालयको उपकुलपतिमा प्राडा भीम खतिवडा यसअघि नै नियुक्त भइसक्नुभएको छ ।
नियुक्त तीनैजना पदाधिकारी खुला प्रतिस्पर्धाबाट चयन हुनुभएको हो । सरकाले प्राडा माधवशरण उपाध्यायको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो । उक्त समितिले खुला प्रतिस्पर्धा गराएर तीन पदाधिकारीका लागि तीन–तीनजनाको नाम सिफारिस गरेको थियो ।