काठमाडौँ, २५ भदौः नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना पकाउने एलपी ग्यासको बिक्री वितरणमा देखिएको समस्या समाधानमा आफू गम्भीर भएर लाग्ने बताउनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज पद तथा गोपनियताको शपथलगत्तै सिंहदरबास्थित मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा उहाँले पत्रकारसँग भन्नुभयो, “जनतालाई जति ग्यास आवश्यक छ, त्यति दिनैपर्छ, छलफल गरेर आवश्यक कदम चाल्नेछौँ ।”
निवर्तमान उद्योगमन्त्री गौरीकुमारीसँग छलफल गरेर आफू अघि बढ्ने उल्लेख गर्दै मन्त्री साहले त्यसआधारमा सुधारका कार्यक्रम अघि बढाइने स्पष्ट पार्नुभयो । “कुनै काम गर्नुभन्दा अघि विगतमा त्यससम्बन्धमा के–के भइरहेको छ, त्यसको जानकारी लिएर मात्रै अघि बढ्दा नतिजा आउँछ”, मन्त्री साहले भन्नुभयो ।
तत्कालीन मन्त्री गौरीकुमारीले आज पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्री वालेन्द्र शाहले सांसद साहलाई उद्योगमन्त्रीमा नियुक्त गर्नुभएको हो ।