मंसिर ३, २०७८ शुक्रबार

राँचीको जेएससिए अन्तरराष्ट्रिय मैदानमा आज भारत र न्युजिल्यान्डबीच टी-२० सिरिजको दोस्रो खेल हुँदै छ।

भारतीय टीम दोस्रो टी-२० खेलमा जित निकाल्दै ३ खेलको सिरिज जित्न चाहन्छ। न्युजिल्यान्ड भने सिरिजमा कायमै रहन आज भारतलाई पराजित गर्न चाहन्छ।

यसअघि जयपुरमा भएको पहिलो टी-२० भिडन्तमा भारतले अन्तिम ओभरमा ५ विकेटको जित निकालेको थियो।

टी-२० विश्वकपमा दोस्रो भएको न्युजिल्यान्ड पहिलो खेलमा राम्रो प्रदर्शनका बाबजुद पराजित भएको थियो।

न्युजिल्यान्डले राम्रो स्कोर बनाउने क्रममा अन्तिमका ओभरमा जितका लागि आवश्यक रन बनाउन नसक्दा पराजित हुन पुगेको थियो।

आजको खेलमा न्युजिल्यान्ड त्यो गल्ती नदोहोर्‍याउने ध्याउन्नमा छ।

त्यसो त भारतको पनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा अन्तिमसम्म संघर्ष गर्नु परेको थियो।