प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा प्रतिपक्ष दलको सभापति रहने परम्परागत अभ्यास रहेको भए तापनि अहिले सत्तापक्षकै सभापति कायम रहेका छन्। प्रतिनिधिसभाको निर्वाचन २०७४ पछि प्रमुख प्रतिपक्षी कांग्रेसलाई लेखा समिति दिइएको थियो। तर, चार वर्षपछि कांग्रेस सत्तामा आएपछि प्रतिपक्षले पाउनुपर्ने लेखा समितिको जिम्मेवारीमा सोही दल रहेको छ।