खुश्वु राना /
यसरी पलायन हुदैछन् नेपाली युवतीहरु आजको २१ औँ शताब्दीमा पनि हाम्रो नेपाल सँसारको तुलनामा सयौ वर्ष पछि परिसकेको छ । भौगलिक बनावटको अधारले प्रकृतिको धनि देश भएतापनि बिकशित हिसाबले हामी पछि नै छौँ । जे हाम्रा अग्रजनहरुले अर्गालेका रितिरिवाज धर्म,सस्कृति लगाएत स्वदेशमा कृषि खेतिपाती र प्रवासमा अर्काको गुलामि....। हो त्यहि रितीरिवाज आज हामीले पनि गरिरहेका छौँ । अहिले संसार आधुनिक तरिकाले अघि बढिरहेको छ ।
यो दुनियाँ कहाँ वाट कहाँ पुगिसक्यो तर हामी नेपाली भने जहाँको त्यहि छौँ । आजपनि नेपालको अधिकांश ग्रामीण भू–भागमा अवस्थित विकट पहाडी क्षेत्रदेखि हिमाल,तराई राजधानी काठमान्डौँ सम्मका महिलाहरुमाथि विभिन्न हिंसाका घटनाहरु दिनानुदिन बढिरहेको पाइन्छ । विविध कारणले देशको गरिबी, बेरोजगार र अशिक्षाले गर्दा नै महिलाहरु घरेलुलगायतका हिंस्रक घटनमा पर्ने गरेको पाइन्छ । नेपालमा शिक्षित भइकन पनि महिलाहरु बेरोजगार हुन बाध्य छन् । किनभने एक त रोजगारी नै पाउँदैनन्, पाइहाले पनि शैक्षिक योग्यता, क्षमता र सिप अनुसारको पारिश्रमिक पाउँदैनन् । यदि पारिश्रमिक पाइहाले पनि काम गर्ने निश्चित समय तोकिँदैन । अझ कतिपय अफिसहरुमा त विभिन्न यौनजन्य हिँसा व्यहोर्न बाध्य छन् । एकातिर योग्यता अनुसारको काम नपाउनु अर्कोतिर उचित पारिश्रमिक नभएको कारणले घरव्यवहार धान्न नसकेर विचलित भइरहेका हुन्छन् । उनीहरुको त्यो विचलित मानसिकताले कुँडिएको मन विदेसिनपर्ने वाध्य हुन्छ । यिनै विविध वाध्यताको कारण नेपाली दिदीबहिनीहरु बिदेश पलायन हुनु परेको घटनाहरु छरपष्ट छन् ।
बिदेश जाने प्रक्रियामा पनि हरेक महिलाहरुले दुखकष्टको सामना गर्दै विदेशीनु पर्छ । तर अधिकाशं महिला दिदीबहिनीहरु बिदेश गएरपनि भनेजस्तो र सम्झौता अनुसार तोकिएको काम नपाएर पीडित हुन्छन् । नेपालमा एउटा काम भनेर तोकिएर पठाइन्छ तर त्यहाँ अर्के काममा लगाइन्छ । के गर्ने बेरोजगार र आर्थिक स्थितिले ऋण गरेर बिदेश पुगेका हुन्छन् । त्यहाँ पुगिसकेपछि जे काम पाएपनि बाध्यता विवश भएर गर्नुपर्ने हुन्छ । त्यस्तो घटनाहरु हामीहरुले विभिन्न सञ्चार माध्यमहरुबाट सुन्ने,र देख्ने गरेका छौं । नेपालबाट वैदेशिक रोजगारीको लागि जाने महिलाहरु धेरैजसोे खाडी मुलुक तिर जान्छन् जस्तै कुबेत, बहराइन, साइप्रास, साउदी, कतार, दुबई, मलेसिया अग्रपंत्तिमा छन् ।
यी मुलुकहरुमा जाने अधिकांश महिलाहरु घरेलु कामदारको रुपमा पुग्छन् । घरेलु कामदारको रुपमा जाने अधिकांश महिला यौन दूव्र्यवहार, शोषण हुने गरेको पाइन्छ । ती महिलाहरु त्यसरी वाध्यताले आफ्नो जिवन यापन गरिरहेका छन् । कतिपय महिला दिदीबहिनीहरु शारीरिक र मानशीक यातना सहन नसकेर आत्माहत्या गर्न बाध्यता हुन्छ । ती मुलुकहरुमा नेपाली दूतावासहरु छन् । तर, आफ्नो देशको नागरिकलाई आपतविपत परेको बेलामा किन उद्दार गर्न सक्दैनन् ? यी दुःख र कष्टकरबाट बाँचेर स्वदेश फर्किएका महिलाहरुले कमाएर ल्याएको पुँजी केही समयसम्म त पुग्छ । त्यो पुँजी सकिएपछि उनीहरुको महत्वकांक्षा यथावत रहन्छन् ।
त्यसपछि ती महिलाहरु देहव्यापार गर्न वाध्य भएका धेरै घटनाहरु छन् । अहिले नेपालमा धेरै महिला अधिकारकर्मीहरु छन् । तर, तिनले किन आज बुलन्द अवाज उठाउन सक्दैनन् । सधैं महिला मुक्तिको लागि भनेर कुर्लने महिला अधिकारकर्मीहरुको काम के हो ? अर्कोतिर देशको राष्ट्रप्रमुखदेखि प्रधान न्यायाधीशसम्म महिला भइसकेका छन् । तर, उनीहरुले महिलामैत्री कानुन र नियमलाई किन लागु गर्न सक्दैनन् । महिला राष्ट्रपति भएको देशमा हजारौं महिला दिदी बहिनीहरु बलात्कृत हुन वाध्यछन् । तिनलाई न्याय दिन किन सक्दैनन् ? अन्य विकसित मुलुकको तुलनामा नेपालमा धेरै महिलाहरु धेरै अवसर पाएका छन् तर, त्यो अधिकार र अवसरको सही ठाउँमा सदुपयोग भएको पाइँदैन ।
राष्ट्रपतिदेखि प्रधान न्यायाधीशसम्म हुँदा पनि महिलामैत्री कानुन दरिलो ढंगले किन लागु गर्न सक्दैनन् । देशमा कानुन बनेपनी यस्को परिपालन भएको छैन सधैँ झैँ आज पनि त्यहि दुखमा अल्झिरहेका छन् । मलाई लाग्छ यो चल्ति कहिले बदलिने वाला छैन् । यो दुनियाँमा बाच्नको निम्ति सर्वप्रथम हामीले आफ्नो सोच बदल्नु पर्छ केहि गर्ने योजना बनाउनु पर्छ भन्नेतिर युवायुति लाग्नुपर्नेमा खाडीको ५० डिग्री तातो घाममा रोजिरोटीको लागी आफनो भएको ज्याएजेथा वन्दगि राखी विदेशीनु परेको छ ।
राजनितीक दलको सरकार वन्छ अनि सरकारमा वस्नेहरु भन्छन् अव नेपाली युवाहरु विदेशीनु पदैन नेपालमा रोजगार पाईन्छ भन्दै राजनितीक दलका नेताले भासन गर्छन् अनि सरकार वनेको ३ वर्ष नभईकन सरकार ढाल्ने खेलो मेलोतिर लाग्छन् जनतालाई सडकमा उतारछन् र सिधै नाराजुलुस लगाउछन् यो भन्दा अन्य नेपालमा केहि छैन । नेपालमा भएका उध्योग करकारखाना वन्द अवस्थामा रहेका छन् कुनै नयाँयोजना भएपनि संन्चालन हुन सकेका छैनन् त्यस कारण पनि नेपाली युवायुवति विदेशीनुपरेको छ । हाम्रो देशको मुख्य शक्ति युवा पलायन एक मुख्य चुनौति बनेको छ ।