नेपालगञ्ज, मंसिर ५ गते । सशस्त्रका किरणसिंह बोगटीले सातौं धारा नेपालगञ्ज म्याराथनको उपाधि जितेका छन् । बोगटी १३ औँ सागका गोल्ड मेडलिस्ट पनि हुन् ।
शनिबार नेपालगञ्जमा आयोजना गरिएको प्रतियोगितामा बोगटीले दुई घण्टा २९ मिनेट ४१ सेकेण्डमा म्याराथनको दुरी पार गरेका हुन् । उनले एक लाख रुपियाँ नगद पुरस्कार हात पारेका छन् ।