एजेन्सी ; नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ आबद्द पन्जाब एफसीले मोहमेडन स्पोर्टिङ क्लबसँग हिरो आईलिग फुटबलमा बराबरीमा रोकिएको छ । बुधबार भएको खेलमा पन्जाब स्पोर्टिङ क्लबसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।
पन्जाबका लागि भुटानी फरवार्ड चेन्जो ग्याल्जेनले दुई गोल गरे । यस्तै अनिस झाले एक गोल गरे । मोहमडेनका अलि फैसल, पेड्रो मन्जि र मालिकले एक एक गोल गरे ।यस बराबरीसँगै पन्जाबले १२ खेलमा १९ अंक जोडेको छ ।पन्जाब चौंथो स्थानमा रहेको छ । मोहमडेन भने १७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।