भदौ २७, २०८३ शनिबार

इस्लामावाद, २७ भदौ : पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीमा सरकारी विद्यालयको  पर्खाल  भत्किय  पछि कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको प्रहरी तथा उद्धार अधिकारीहरूले बताएका छन् ।

ओराङ्गी सहरको मोमिनाबाद क्षेत्रमा भएको उक्त घटनामा सात जना भग्नावशेषमुनि फसेको अवस्थाबाट उद्धार गरिएको उद्धार सेवाका प्रवक्ताले बतानुभयो ।

 उहाँका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप दुई जनाको नजिकैको अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा मृत्यु भएको थियो । 

प्रहरीले प्रारम्भिक अनुसन्धानबाट लागुऔषध दुव्र्यसनीहरू प्रायः पर्खाल नजिकै भेला भई कथित रूपमा यसबाट फलामका रडहरू हटाउने प्रयास गरिरहेको कारण संरचनालाई कमजोर बनाएकाले घटना यो घटेको हुन सक्ने अनुमान गरेको छ ।