भदौ २७, २०८३ शनिबार

कपिलवस्तु, २७ भदौः बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको टापुमा फसेका दुई बालकमध्ये एक जनाको सकुशल उद्धार गरिएको छ भने अर्का एक बालक अझै फेला पर्न सकेका छैनन् ।

बाणगङ्गा नदीमा पौडी खेल्न गएका बाणगङ्गा नगरपालिका–८ का १६ वर्षीय रिदम लामा र १० वर्षीय बुद्ध लामा नदीको बहाव बढेपछि बीचको टापुमा फसेका थिए ।

    घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक यज्ञबहादुर पुनको कमान्डमा उद्धार सामग्रीसहित १४ जनाको टोली घटनास्थलतर्फ खटिएको थियो ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सिंहका अनुसार १६ वर्षीय रिदम लामालाई सकुशल उद्धार गरिएको छ ।

    दश वर्षीय बुद्ध लामा भने उद्धार टोली घटनास्थलमा पुग्दा फेला नपरेपछि उनको खोजी तथा उद्धारकार्य जारी रहेको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो ।