गत महिना क्रुज ड्रग मुद्दामा पक्राउ परेका आर्यन खानविरुद्धको मुद्दामा कुनै ‘सकारात्मक प्रमाण’ नभेटिएको बम्बई उच्च अदालतले बताएको छ।
बम्बई उच्च अदालतले शनिबार ड्रग्स अन क्रुज मुद्दामा अभिनेता शाहरुख खानका छोरा आर्यन खान र अन्य दुईलाई जमानत दिने विस्तृत आदेश जारी गरेको छ।
अभियुक्तहरू विरुद्ध अपराध गर्ने षड्यन्त्र रचेको देखाउन कुनै पनि सकारात्मक प्रमाण नभेटिएको र उनीहरू विरूद्ध प्रमाण नपुगेको बताएको हो। एजेन्सी ।