एजेन्सी ; बैंग्लोरका युवा विकेट किपर ब्याट्सम्यान जोस फिलिप ईण्डियन प्रिमियर लिग(आईपिएल)को चौधौं संस्करणबाट बाहिरिएका छन्।अस्ट्रेलियन खेलाडी फिलिप व्यक्तिगत कारण देखाउदै आईपिएलबाट बाहिरिएका हुन्। बैंग्लोरले फिलिपको स्थानमा न्युजील्याण्डका युवा विकेट किपर ब्याट्सम्यान फिना एलेनलाई टिममा अनुबन्ध गरेको छ। यु १९ विश्वकपमा एलेनले न्युजील्याण्डको प्रतिनिधित्व गरेका छन्।