मंसिर ५, २०७८ आइतबार

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको माग गर्दै आन्दोलन गरिरहेको नेपाल बार एशोसिएसनले आइतबार पनि सर्वोच्च अदालत परिसरमा नाराबाजी गरेको छ । न्यायाधीश तथा प्रधानन्यायाधीश प्रवेश गर्ने गेटको भित्रपट्टि कानून व्यवसायीहरुले आन्दोलन र नाराबाजी गरेका हुन् ।


यसैबीच शुक्रबार नै नेपाल बार एशोसिएसनले आइतबारका लागि बन्दी प्रत्यक्षीकरणबाहेक अन्य कुनै पनि मुद्दा नहेर्ने निर्णय गरेको थियो । जसका कारण आज देशभरका सबै अदालतमा बन्दीको मुद्दामा मात्रै कानून व्यवसायीले बहस गर्ने भएका छन् । बारले सातैबारका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।