काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीले गरेको आन्दोलन दबाउन सरकारले प्रहरी खटाएको भन्दै कानुन व्यवसायीहरूले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागेका छन्।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आइतबार सर्वोच्च परिसरमा धर्ना दिन गएका कानुन व्यवसायीहरूले धर्नामा प्रहरीले हस्तक्षेप गरेको भन्दै गृहमन्त्रीको राजीनामा मागेका हुन्।