मंसिर ५, २०७८ आइतबार

वीरगञ्ज : जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सुर्ती खेती गरिएको खेतमा रोपिएका गाजा फाँडेर नष्ट गरेको छ ।

 पर्सामा फेरि गाजा खेती फस्टाएको समाचार सार्वजनिक भएपछि प्रहरीले गाजा खेती नष्ट गर्ने अभियान नै चलाएको छ । यसैक्रममा शनिबारमात्रै प्रहरीले पर्साको ठोरी गाउँपालिका वडा नम्बर ३ र ४ स्थित ८ बिघा क्षेत्रफलमा लगाइएको गाजा खेती नष्ट गरिएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।