मंसिर ५, २०७८ आइतबार

काठमाडौं, ५ मङ्सिर । शेयर बजारका आज उच्च अङ्ले गिरावट आएको नेप्सेले जनाएको छ । आज  नेप्से ११ दशमलव ६० अङ्कले घटेर २७ सय ५७ दशमलव ५३ विन्दुमा थामिएको हो । सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ७५ अङ्कले घटेर ५१८ दशमलव २५ विन्दुमा रोकिएको हो ।


नेप्सेको अनुसार आज २२५ कम्पनीको ५४ हजार ६६४ पटक शेयर कारोबार भएर ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँ बराबरको ७८ लाख ९४ हजार ४६४ कित्ता किनबेच भएको हो । आज हाइड्रोपावर र म्यानुफ्याक्चर एण्ड प्रोडक्ट समुहको सुचक बाहेक सबै सूचक राताम्मै छन् ।